www.tandavnews.com
Fact ~ In search of truth

भेरोसेल खोप अभियान तत्कालका लागि रोकियो

काठमाण्डौँ
ताण्डव न्यूज ।

सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य तत्कालका लागि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य आजदेखि स्थगित गरेको हो ।

यसअघि सरकारले आजपनि कोरोनाविरुद्धको खोप भेरोसेल लगाउने काम काठमाडौंमा निरन्तर सञ्चालन गर्ने भनेको थियो । महाशाखाले बुधवार सूचना जारी गरेर खोप लगाउने कार्य केही समयको लागि स्थगित गरिएको जानकारी दिएको हो । सूचनामा भेरोसेल खोप लगाउने कार्य किन स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन ।

Batas

पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउनेहरुको भिड अत्यधिक खोप केन्द्रहरुमा अत्यधिक बढ्न थालेपछि त्यसले सङ्क्रमणको जोखिम थप हुने भन्दै सर्वसाधारणलाई सतर्क र सावधानीपूर्वक खोप लगाउन आग्रह गरिएको थियो । तर, खोप लगाउन आउनेको भिडलाई नियन्त्रण गर्न नसक्दा र सर्वसाधारणले पनि सावधानी अपनाएको नदेखेपछि खोप कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हुन सक्ने अनुमान गरिएको छ । भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.