www.tandavnews.com
Fact ~ In search of truth

आज देशका अधिकांश स्थानमा मौसम बदली रहने

काठमाण्डौँ
ताण्डव न्यूज ।

जल तथा मौसम पूर्वानुमा महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली रहने जनाएको छ ।

महाशाखाले आज दिनभर आंशिकदेखि सामान्य बदली रहने बताएको हो ।महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सफा छ। मौसम सम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरेको छ ।

Batas

अपराह्नतिर देशका पहाडी भू–भागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख गरिएको छ।राति देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.