www.tandavnews.com
Fact ~ In search of truth

खोटाङः सहकारी संघका ४४ वर्षीय अध्यक्षको कोरोनाबाट मृत्यु

खोटाङ ।

जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सहकारीकै कामको सिलसिलामा पोखरा आएका अध्यक्ष जोशीमा कोरोना संक्रमण देखिएपछि पोखरास्थित आम्दा अस्पतालमा उपचार गराउँदा गराउँदै गए राति मृत्यु भएको हो ।

मृतक जोशीको शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले आजनै व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । विराटनगरबाट गत चैत–२९ गते पोखरा आएका जोशीमा यहि वैशाख–५ गते कोरोना संक्रमण पुष्टि भएपछि वैशाख–६ गते अस्पताल भर्ना गरिएको थियो ।

Batas

चैत–२५ दिक्तेलबाट विराटनगर हुँदै पोखरा आएका जोशीमा विराटनगर हुँदा सामान्य रुघाखोकीको संक्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार रुघाखोकीले च्याप्दै गएपछि पोखरामा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सहकारी अभियान्ता अध्यक्ष अनिलको ४४ वर्षको उमेरमै कोरोना सङ्क्रमणबाट निधन भएपछि परिवार शोकमा डुबेको छ । दुई श्रीमती र एक छोराका बुबा अनिल लामो समयदेखि सहकारी संस्थामै क्रियाशील थिए ।

पोखरास्थित प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका जोशी खोटाङमा सञ्चालित लालुपाते सहकारी संस्थाका अध्यक्ष एवम् सञ्चालक थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.