www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा इलेक्ट्रिक स्कुटरको बिक्री वितरण

पोखरा,
ताण्डव न्यूज ।

तेल बिना चल्ने स्कुटरको पोखरामा बिक्रीवितरण सुरु भएको छ ।

गण्डकी धौलागिरीका लागि आधिकारिक विक्रेता इभिरिदम मोर्टस प्रालि पोखराले विक्री बितरण सुरु गरेको हो । तेल बिना चल्ने उक्त इलेक्ट्रिक स्कुटर एक पटक चार्ज गरेपछि ११० किमी गुड्ने इभिरिदम मोर्टस प्रालिका सञ्चालक दिपक शर्मा जानकारी दिए ।

Batas

‘यो स्कुटर चारवटा मेरियन्टमा आउँछ । एउटा लिथिएम र अर्को लिडव्याट्रीमा आउँछ । लिथिएम व्याट्रीको एकपटक चार्ज गरेपछि ८५ किमी देखि ११० किमी सम्म चल्छ । यसको मूल्य २ लाख १७÷२५ हजारसम्म छ । र अर्को लिडव्याट्रीको १ लाख ५६÷६९ हजार मूल्य रहेको छ ,’ उनले भने, ‘यो स्कुटर उकालो, ओरालोमा सहज किसिमले हिड्न सकिन्छ ।

कम्पनीले दुई वर्ष व्याट्री र मोटरमा वारेन्टी दिएको छ । यसको फाइनान्स पनि अरुपनि सजिलो र सस्तो हुन्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.