www.tandavnews.com
Fact ~ In search of truth

लाइसेन्सका लागि अनलाइन फर्म भर्न बन्द

काठमाडौं ।

यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ ।

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो । विभागले गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेदेखि गत पुससम्म सेवा अवरुद्ध गरेको थियो ।

Batas

गत असारमा बन्दाबन्दी खुकुलो बनाएसँगै नवीकरण र छापिसकेका अनुमतिपत्र वितरण जारी राखे पनि नयाँ अनुमतिपत्र छपाइ रोकेको थियो । अहिले पनि विभागले झण्डै पाँच लाख अनुमतिपत्र छाप्न बाँकी छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.