www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशसभा सदस्य शाही प्रकरणबारे सत्यतथ्य बुझिने

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ ।

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिनुभएको थियो । जनमोर्चाले अविश्वासका प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको थियो ।

Batas

प्रदेशसभा सदस्य शाहीका सम्बन्धमा सत्यतथ्य बुझ्न पार्टीका तर्फबाट महासचिव मनोज भट्ट पोखरा पुगिसक्नुभएको प्रवक्ता दुर्गा पौडेलले जानकारी दिए । यसैबीच आजै पार्टीले वक्तव्य जारी गर्दै गण्डकी प्रदेशका आफ्ना प्रदेशसभा सदस्य शाहीलाई अस्पतालमा बन्दीका रुपमा राखिएको जनाउँदै उनकोे स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सभासद् जाँदा पनि उनलाई भेट गर्न नदिइएको जनाउँदै पार्टीले उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

बुधबार गण्डकी प्रदेशसभामा जनमोर्चाका सचेतक पियारी थापाले मुख्यमन्त्रीका विरुद्ध राखिएको अविश्वास प्रस्तावमा पार्टीले समर्थन गरेका सन्दर्भमा मतदानको परिस्थिति बनेको दिन पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य शाहकिो अवस्था अज्ञात रहेकाले सदनमा उपस्थित हुन नसकेको भनी उनको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारवाही नचलाउन माग गरेपछि सूचना टाँस गरी सदन बैठक स्थगन गरिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.