www.tandavnews.com
Fact ~ In search of truth

फेसबुकः ह्याकरले पैसा मागेपछि…

पोखरा,
ताण्डव न्यूज ।

बैशाख ९ गते बिहिबार पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङको फेसबुक ह्याक भयो । त्यो भन्दा अघि युवा व्यवसायी उत्तम गुरुङ र फोटोग्राफर रक्षा गुरुङको ह्याक भैसकेको थियो ।

ईश्वर गुरुङ आफ्ना आफन्त, ईष्टमित्रहरुसँग पहिले बोलेको आधारमा ह्याकरले ईश्वर बनेर संवाद सुरु गर्छ । ह्याकरले दर्जन बढिलाई ईश्वरकै शैली प्रयोग गर्दै मोबाईल बैङ्किङ भए नभएबारे ऐकिन गर्छ । र मोबाईल नम्बर पठाउन आग्रह गर्छ ।

Batas

सामान्य संवाद भैसकेपछि आफु समस्या रहेको बहाना देखाउछ । र आफुलाई बैंक खातामा पैसा ट्रान्सफर गर्न आग्रह गर्छ । ईश्वर गुरुङको आईडीबाट पोखराका व्यवसायी, फुटबल खेलाडी, प्रशिक्षक तथा पर्यटन व्यवसायीलाई क्रमश पैसा सापटी मागेको देखिन्छ ।

पिउरो पानीका सञ्चालक अशोक खड्कालाई बेलुकी फर्काउने बताउदै च्याटिङ मार्फत पैसा माग्छ । अमर बहादुर कार्कीको नाममा पाथरीमा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २५६०१००००३७५३०१० मा १९ हजार ६ सय रुपैया ट्रान्सफर गर्न भन्छ ।

उता पिउरो पानीका सञ्चालक खड्काले ईश्वर गुरुङलाई विश्वास गर्दै पठाईदिन्छन् । तर खड्कालाई त्यहाँ ह्याकर बोल्दै छ भन्ने थाहा हुदैन । उनले ईश्वर गुरुङ सम्झेर ट्रान्सफर गरिदिएका थिए ।

यति काम भैसकेपछि ईश्वर गुरुङको आईडीबाट पानीका सञ्चालक खड्का र ईश्वर बिच भएको च्याटिङ ह्याकरले डिलिट गरिदिन्छ । र अर्काे व्यक्तिलाई फेरी म्यासेज पठाउँछ । धन्दा थाल्छ ।
सावधान !
उक्त रकम फिर्ता माग्र्दै खड्काले ईश्वरलाई म्यासेज पठाउछन् । ‘दाई अस्तीको पैसा लिन कहाँ आउँ ? ईश्वरले जवाफिन्छन् – कुन पैसा ? अनि खड्का केही नबोल्दै गत बिहिबार भएको कुराकानी र ट्रान्सफर गरेको प्रमाण स्वरुप स्क्रिनसट सेन्ड गरिदिन्छन् । ‘त्यो म्यासेज देखेसी म चकित परे, ईश्वर गुरुङले भने, ‘मैले बोलेको र पैसा मागेको स्क्रिनसट पो आउँछ । त्यसपछि ह्याक भएको थाहा पाए र तत्काल पासवर्ड चेन्ज गरिदिए ।’

उनले कसैले पनि कुनै आईडी वा नम्बर मागेको खण्डमा दिन नहुने सुझाव दिन्छन् । उनलाई पनि ह्याकरले उत्तम गुरुङको नामबाट मोबाईल नम्बर र कोड नम्बर पठाउन भनेको थियो । ‘उत्तम सोल्टीले मागेपछि मैले त नम्बर पठाईहाले ह्याकर हो भन्ने कसरी थाहा हुन्छ र ।’ गुरुङले भने ।

उक्त घटनाबारे अशोक र आफु भै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको गुरुङले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुवास हमालले उक्त घटना बारे थप अनुसन्धान भैरहेको बताए । ‘साईबर सम्बन्धि सबै घटना साईबर ब्यूरो काठमाडौंले हेर्छ अनुसन्धान भैरहेको छ ।’ डिएसपी हमालले भने ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.