www.tandavnews.com
Fact ~ In search of truth

आज फेवा फिडर र भोली कास्की जिल्लाभर विद्युत आपूर्ति बन्द हुने

पोखरा
ताण्डव न्यूज ।

पोखरा वितरण केन्द्रको फेवा फिडर अन्र्तगत आज दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले आज सूचना प्रकाशित गर्दै पोखरा २०७८ वैशाख १७ गते शुक्रबारका दिन बिरौटाचोक देखि तिनकुनेसम्म सडक किनारामा रहेका विद्युतका पोलहरु स्थानान्तरण गर्नु पर्ने भएकोले उक्त क्षेत्रमा विहान १० बजेदेखि विद्युत अवरुद्ध हुने जनाएको छ ।

Batas

फेवा फिडर अन्र्तगत हिमाली टोल, महतगौँडा, होटल ग्राण्ड तथा आँखा अस्पताल एरिया, छोरेपाटन लगायतका क्षेत्रहरु पर्दछन ।

यसैबीच भोली बैसाख १८ गते शनिबारका दिन लेखनाथ सव–स्टेशनमा रहेको १३२ केभि प्रशारण लाईन मर्मत कार्यका लागि बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म कास्की जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने प्राधिकरणको सूचनमा उल्लेख छ । कार्य अवधि भन्दा अगावै सकिएमा विद्युत् आपूर्ति नियमित गरिने प्रधिकरणले जनाएको छ ।

यसबाट ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.