www.tandavnews.com
Fact ~ In search of truth

केही स्थानमा आज पनि मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

पोखरा
ताण्डव न्यूज ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । महाशाखाले आईतबार सम्म नै मौसम बदली हुने र वर्षा हुने सम्भावना रहेको जनाएको छ । वर्षा भएपछि पहाडी क्षेत्रका किसान खुशी भएका छन् । अधिकांश स्थानमा वर्षा नहुँदा मकै छर्न नपाएका किसानलाई पानी परेपछि राहत मिलेको छ ।

Batas

आकाशे पानीको भरमा खेति गर्न बाध्य किसान मकै छर्ने तयारीमा जुटेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.