www.tandavnews.com
Fact ~ In search of truth

कोरोना प्रभावः ह्वात्तै घट्यो कुखुराको मासुको मुल्य

काठमाडौँ,
ताण्डव न्यूज ।

कोरोना प्रभाव ब्रोइलर कुखुराको मासुमा पनि देखिएको छ । कोरोनाका कारण होटेल व्यवसाय तथा उपत्यका छेडेर सबै गाउँ फर्किएका कारण निरन्तर ब्रोइलर कुखुराको मासुमा गिरावट आउन थालेको छ ।

केही समय अघि अहिले सम्मकै उच्च बिन्दुमा पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ । आज ९शुक्रवार० बाट लागु हुने गरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्ड स्टोर मूल्य २० रुपैयाँले घटेको छ । २० रुपैयाँले घटेर ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।

Batas

यता तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको संघले जनाएको छ । उनका अनुसार कोरोनाका कारण खपत कम हुँदा मूल्यमा गिरावट आएको हो । ‘कोरोनाका कारण उपत्यका निषेधाज्ञा छ । होटेलहरू पनि सब बन्दा छ । उपभोक्ताहरू पनि उपत्यका छोडेर गइसकेका छन् । त्यसैले मूल्य घटेको हो ।’ उनले भने ।

गत वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले नै घटेर २९० रुपैयाँ आइपुगेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.