www.tandavnews.com
Fact ~ In search of truth

खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापालाई कोराना संक्रमण

काठमाडौं ।

खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को संक्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए ।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको हिजो स्वाब सङ्कलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि संक्रमण भएको थियो ।

Batas

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई संक्रमण देखिएन । संक्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहेका उनका स्वकीय सचिव गौतमले जानकारी दिए ।

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई संक्रमण भएको थियो ।रासस
–––

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.