www.tandavnews.com
Fact ~ In search of truth

चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौं,
ताण्डव न्यूज ।

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

प्रकाशले काठमाडौं मेडिकल कलेजमा गराएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको उल्लेख गरेका छन् ।अन्ततः काठमाण्डौ मेडिकल कलेज(केएमसी) का अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ ।’ उनले लेखेका छन् ।

Batas

उनले आफू होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्थामा सामान्य रहेको उल्लेख गरेका छन् ।कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं, तर यसलाई सामान्य भने नठानौं । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ १ आसा राखौ यो महामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौ । स्टे सेफ १’, उनले लेखेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.