www.tandavnews.com
Fact ~ In search of truth

मणिपाल र चरकमा उपचाररत २ संक्रमितको मृत्यु

गण्डकीमा कोरोनाबाट ज्यान जानेको संख्या २२३

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप २ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखरा महानगरपालिका ६ की ८२ वर्षीय कोरोना संक्रमित महिलाको हिजो बेलुका मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

निर्देशनालयको अनुसार उनको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनमा बैशान १५ गते अर्थात अस्तिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै यता मणिपालमा उपचार गराईरहेका स्याङजाका संक्रमितको पनि मृत्यु भएको छ ।अर्जुनचौपारी गाउँपालिका ५ का ६२ वर्षीय संक्रमित पुरुषको गएराती मृत्यु भएको हो । उनमा वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २२३ पुगेको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.