www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्ताव अन्यौलमा

जनमोर्चाका सांसद थापा ४ दलको बैठकमा सहभागी भएनन

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सांसदको बैठक अनिश्चतकालका लागि स्थगित भएसंगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध परेको अविश्वासको प्रस्ताव अब के हुने भन्ने अन्यौल भएको छ ।

वैशाख १५ गते मुख्यमन्त्रीको पक्ष र विपक्षमा मतदान हुने भनेर तयारी गरिएको थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खीमबहादुर शाही संसद बैठममै नपुगेपछि सभामुखले तत्कालका लागि २० मिनेटका लागि स्थगित भनेर रोकिएको संसद बैठक पछि अनिश्चितकालिन स्थगित भएको सूचना टाँस गरिएको थियो ।

Batas

राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतकको आग्रहमा सभामुखले बैठक स्थगित गरेका थिए । यसरी बैठक स्थगित गरिनुलाई एमालेका सांसदहरुले सभामुखको गल्ती भएको औँल्याईरहेका छन् । ताण्डव न्यूजसंग कुराकानी गर्दै एमाले सांसद धनन्जय दवाडीले सभामुखले तत्काल पदबाट राजिनामा दिनुपर्ने अन्यथा संसद लामो समय अवरुद्ध हुन सक्ने संकेत गरेका छन् । उनको यो भनाईले पनि तत्काल संसदमा सूचारु रुपमा गतिविधि हुने अवस्था देखिँदैन ।

यता हराएका भनिएका सांसद खीमबहादुर शाही पोखराको नागढुंगास्थित चरक अस्पतालको आईसियु बेडमा भेटिए । आफू बेहोस जस्तै भएपछि भाईलाई बोलाएर अस्पताल आएको भनेर शाहीले वक्तव्य नै जारी गरिसकेका छन् । तर उनको यो विज्ञप्तिले मात्र राजनीतिक गाँठो फुक्ने छाँट देखिएको छैन ।

त्यसैगरी स्वतन्त्र भनिएका सांसद दिपक मनाङेले विहिबार मात्र यूवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसले पनि धेरैको ध्यान खिचेको छ । यसअघि राजीवले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने आँकलन गरिएको भएपनि अब उक्त सम्भावना पनि मन्त्री पद पाएसंगै टरेको देखिन्छ । तर मुख्यमन्त्री गुरुङ सरकार अझैपनि ढुक्क अवस्थामा देखिदैन । ३ जना सांसद भएको राष्ट्रिय जनमोर्चाले अन्तिम अवस्थामा कुन निर्णय गर्छ भनेर भन्न सकिने अवस्था छैन ।

नवनियुक्त मन्त्री राजिव गुरुङको बिहीबार भएको सपथ ग्रहणमा समेत अनुपस्थित भएका सभामुख नेत्रनाथ अधिकारीसँग सरकारको कुनै संबाद पनि भएको छैन । तर राजनीतिक परिदृश्यले मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दल र सभामुखबीच संवाद खोजिरहेको छ । किनकी प्रदेशको विशेष अधिवेशनलाई निर्णायक बिन्दुमा पु¥याउनका लागि संबाद अपरिहार्य छ ।

४ दलको बैठकमा गएनन थापा

गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका ४ दलको शुक्रबारको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा अनुपस्थित भएपछि विपक्षी दलहरु अझै अन्यौलमा परेका छन् ।

संसदीय दलका नेता समेत रहेका थापा अनुपस्थित भएसंगै काँग्रेस, माओबादीका नेताहरु अविश्वासको प्रस्ताव पास हुनेमा शशंकित बनेका छन् ।
बैठकले संसद खुलाउने विषयमा छलफल गरेको थियो । अविश्वास प्रश्ताव पास गराउन भन्दै बैठक बसेको हो । बैठकमा अविश्वास प्रस्तावको पक्षमा सांसदहरुको प्रतिवद्धताबारे छलफल केन्द्रित रहेको जनमोर्चाका एक सांसदले जानकारी दिए ।

काँग्रेस र माओबादीले जनमोर्चा साथ लिएर बसेको यो नै नै पहिलो बैठक हो । बैठकमा जनमोर्चाबाट केन्द्रीय महासचिव मनोज भट्ट, शंकर बराल र सांसद पियारी थापा सहभागी थिए । अन्ततः सरकार फेरिने वा गुरुङ सरकारकै निरन्तरता कायम हुने भन्ने विषय जनमोर्चाकै फैसलामा निर्भर बनेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.