www.tandavnews.com
Fact ~ In search of truth

दमक:कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन

दमक ।

दमकका एक व्यवसायीले कोरोना भाइरस संक्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ ।

दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस संक्रमित बिरामीलाई उपचारका लागि दमकसहित प्रदेश नं १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने घेषणा गरेका हुन।

Batas

नेकपा एमाले निकट युवा संघ झापाका अध्यक्षसमेत रहेका व्यवसायी भण्डारीले विपद्का समयमा मानवीय सहयोग पु¥याउनका लागि आफूले निःशुल्क सवारीसाधन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले उक्त सेवा लिनका लागि ९८५२६७७९७२ नम्वरमा सम्पर्क गर्न पनि सम्बन्धित सबैमा आग्रह गरे । रासस
–––

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.