www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका ३ सहित देशभर कोरोनाबाट थप ३३ जनाको मृत्यु

एकै दिन थपिए ५७२७ संक्रमित

काठमाडौं ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ३३ जनाले ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेशका ३ सहित देशभर ३३ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार दुई सय ७९ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित सहित नेपालमा संक्रमितको संख्या तीन लाख २३ हजार एक सय ८७ पुगेको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय संक्रमित छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.