www.tandavnews.com
Fact ~ In search of truth

निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न राष्ट्रपतीको आह्वान

काठमाण्डौँ
ताण्डव न्यूज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न र निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न आह्वान गरेकी छिन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकहरूप्रति सम्मान प्रकट गरेकी छिन् । विश्वभरिका श्रमिकहरूको ऐक्यबद्धता एवं श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ भन्दै उनले यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

Batas

देश कोभिड–१९ महामारीको गम्भीर अवस्थाबाट गुज्रिरहेकाले महामारीविरुद्ध अग्रपङ््तिमा काम गर्ने श्रमिकहरूप्रति धन्यवाद व्यक्त गर्र्दै उनले श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकहरूको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.