www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्रीमा पुनः पोखरेलले शपथ लिने !

बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिनेछन् । “मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीको विषयमा सल्लाह हुँदैछ”, प्रमुख सचेतक ढकालले भने ।

Batas

लुम्बिनीमा एमालेको पक्षमा ४१, कांग्रेसका १९, माओवादीका १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.