www.tandavnews.com
Fact ~ In search of truth

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बुटवल ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई आज अधिवेशन अन्त्य भएको हो ।

Batas

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिए । प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजदेखि अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेशसभा नियमावली २०७४ को नियम ३(३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ ।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री पोखरेलको राजीनामापछि प्रदेश सरकारको जोडघटाउ शुरु भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.