www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री पोखरेललाई झड्का: सांसद खत्री माओबादीमा प्रवेश

बुटवल,
ताण्डव न्यूज ।

लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री माओवादी प्रवेश गरेकी छिन् । माओबादीमा खत्रीको प्रवेश संगै मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत नपुग्ने देखिएको छ ।

प्रदेशसभा सांसद खत्री उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकी थिइन । उनले अहिले माओवादी केन्द्रलाई रोज्ने निर्णय गरेकी हुन् । सर्वोच्च अदालतले गरेको निर्णय अनुसार नेकपा नरहेपछि खत्रीले माओवादी केन्द्रको दलको सदस्यता पाउँ भनी माओवादी केन्द्रका अध्यक्षलाई पत्र लेखेकी थिईन् ।

Batas

केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता कुल प्रसाद केसीलाई संसदीय दलको सदस्यता प्रदान गरी काम कारवाही गर्न निर्देशन दिएका छन् । माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेको छ ।

त्यसो गर्दा प्रदेश सभामा शंकर पोखरेलको संख्या ४० पुगेको छ । धारा १६८ को १ बमोजिम नयाँ सरकार बनाउन शंकर पोखरेललाई ४१ सदस्य आवश्यक पर्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.