www.tandavnews.com
Fact ~ In search of truth

आफ्नो पुनर्नियुक्ति वैधानिक भएको मुख्यमन्त्री पोखरेलको दाबी

बुटवल
ताण्डव न्यूज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो नियुक्ति वैधानिक रहेको दाबी गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा विचार राख्दै उनले प्रदेशमा नेकपा (एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको र दलको बैठकले सर्वसम्मत मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको उल्लेख गरेका हुन् । नियुक्ति पनि त्यसै आधारमा भएको जानकारी गराउँदै नियुक्ति पछिको विवादको निरुपण प्रकृयाबाटै हुने उनको भनाइ छ ।

Batas

सांसद विमला कुमारी खत्री फागुन २३ को सर्वोच्चको फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आएको दावी मुख्यमन्त्री पोखरेलको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित भएको र यस प्रक्रियामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता रहेको आरोप पोखरेलले लगाएका छन् ।

राजीनामा दिएका र अरु पार्टीलाई समर्थन गरेका भनिएका सांसदहरूसमेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाएको उनले उल्लेख गरेका छन् ।

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.