www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ । प्रवक्ता शर्मालाई आइतबार दिउँसो ज्वरो आउने र जीउ दुःखाइ बढेपछि स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोेर्ट आएको हो ।

आज बिहान पोजेटिभ रिपोर्ट आएसँगै प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको र उच्च मनोबलका साथ होम आइसोलेशनमा बसेको जानकारी दिएका छन् ।

Batas

प्रवक्ता शर्माले आफू शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बाँस्तोलाको निर्देशन अनुरुप औषधि सेवन गरेर होम आइसोलेशनमा बसेको बताए। उनले सबैलाई सजग भएर बस्नसमेत आग्रह गरेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.