www.tandavnews.com
Fact ~ In search of truth

रुपन्देही, बाँके र पाल्पामा गरी २४ घण्टामा १२ संक्रमितको मृत्यु

रुपन्देही ।

रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना संक्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार बुटवल उपमहानगरपालिका–४ का ८४ वर्षीय पुरुष, बुटवल–९ का ६१ वर्षीय पुरुष र बुटवल–११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज –७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा–११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

Batas

यसैबीच बाँकेमा अस्पतालमा भर्ना भएका थप पाँच कोरोना संक्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममै मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३०, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी बताए ।

होम आइसोलेशनमै सङ्क्रमितको निधन

पाल्पामा होम आइसोलेशनमा बसेका एक कोरोना संक्रमितको निधन भएको छ । रामपुर नगरपालिका–१० गेझा बस्ने ७२ वर्षीय एक पुरुषको आज बिहान करीब साढे २ः०० बजे निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

उच्च रक्तचाप रोगले ग्रसित रहेका ती पुरुषलाई यही वैशाख ३ गते उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा लगिएको थियो । वैशाख ८ गते एन्टिजिन रिपोर्ट पोजेटिभ आएपछि उपचाररत ती पुरुषलाई १३ गते मिसन अस्पतालबाट डिस्चार्ज भई घर फर्केको र होम आइसोलेशनमा निधन भएको रामपुर–१० का वडाध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए ।

हालसम्म पाल्पामा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ४२ पुगेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.