www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंः आइसियुमा शैय्या अभाव, संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी उपत्यका बाहिरका अस्पताल लैजान थालियो

काठमाडौं ।

काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजाने क्रम जारी छ ।

कारोना महामारीको पहिलो चरणमा काठमाडौँ उपत्यका बाहिरका बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ यहाँ ल्याइने गरिन्थ्यो ।

Batas

यसक्रममा झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज अपराह्न काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना संक्रमित बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत ‘बेड सिफ्ट’ गरिएको छ ।

काठमाडौँका अस्पतालमा भेन्टिलेटर सहितको आइसियू श्यया नपाएपछि झापा कमल गाउँपालिका वडा –५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको बताइएको छ ।

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना सङ्क्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियू अभाव भएपछि काठमाडौँबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो छ । हाल उहाँको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटर सहित आइसियूको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्नेक्रम निरन्तर जारी छ । बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू श्यया , विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ । उनले भने ‘ती मध्ये २५ भेन्टिलेटर सहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएका छौँ । बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति रहेको छ ।’

अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन ।

प्रस्तावित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोभिड –१९ संक्रमितका उपचारमा बीएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै श्यया र भेन्टिलेटर सहितका आइसियू श्यया उपचार सेवामा लगाउन आफू तयार रहेको बताए।

उनले भने ,‘विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.