www.tandavnews.com
Fact ~ In search of truth

लुम्बिनीका दुई स्वतन्त्र प्रदेशसभा सदस्य एमालेमा

रुपन्देही।

सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनीहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शंकर पोखरेलप्रति आफूहरुको समर्थन रहेको स्पष्ट गरेका छन् ।

नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वको सरकार गठनको दाबीमा आफूहरुको हस्ताक्षर हुनु बदनियत र त्रुटिपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । नेता केसीले मुख्यमन्त्रीका लागि आइतबार प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीमा श्रीवास्तव र शाहीसहित ४२ जनाको हस्ताक्षर थियो ।रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.