www.tandavnews.com
Fact ~ In search of truth

आज गण्डकीमा घट्यो संक्रमित संख्या

कास्कीका ४६ सहित १९९ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

आज गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या घटेको छ । हिजो ह्वात्तै बढेको कोरोना संक्रमितको संख्यामा आज भने केही कमी आएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य निर्देशनालयको अनुसार आज गण्डकी प्रदेशमा १९९ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या हिजोको तुलनामा आधा बढी कम हो । हिजो प्रदेशभर ५ सय बढी संक्रमित थपिएका थिए ।

Batas

थपिएका संक्रमित मध्ये आज सबै भन्दा धेरै बागलुङ जिल्लाका रहेका छन् ।बागलुङमा आज एकै दिन ७१ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । यस्तै अन्य जिल्लाहरु कास्कीमा आज ४६, गोरखाका २१, लमजुङका २, पर्वतका १, स्याङ्जाका १४, तनहुँका २, मनाङका ३ र नवलपरासीका ३९ जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालय सार्वजनिक गरेको तथ्यांकमा आज थपिएका कुल संक्रमितको संख्या २०३ भएपनि जिल्लाहरुमा थपिएका संक्रमितहरुको संख्या जोड्दा भने कुल जम्मा संख्या १९९ पुगेको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ४ सय २४ पुगेको छ ।

आज गण्डकी प्रदेशमा कोरोनाबाट कुनै संक्रमितले ज्यान गुमाउनु परेन । प्रदेशमा अहिले २ हजार १ सय ८३ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ४ जना होम आईसोलेसनमा रहेको निर्देशनालयले जानकारी दिएको छ । आज ६३ संक्रमित निको भएर घर फर्केका छन् ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.