www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना सङ्क्रमितको मृत्यु

धनगढी
ताण्डव न्यूज ।

धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमूख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए। उनले धनगढी उपमहानगरपालिका ७ का ७७ वर्षीया सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको जानकारी दिए ।

Batas

वैशाख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना हुनुभएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षका पुरुष, बझाङका २६ वर्षका पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षका पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.