www.tandavnews.com
Fact ~ In search of truth

सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको ज्यान गयो

कैलाली ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुष रहेका छन् । महिलाको आज बिहान साढे २ बजे तथा पुरुषको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

Batas

यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का ६६ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । ति पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा मृत्यु भएको हो ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै, बझाङका २६ वर्षीय पुरुषको सोमबार राति साढे १० बजे मृत्यु भएको हो । उनको यही वैशाख १४ गते एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.