www.tandavnews.com
Fact ~ In search of truth

बाँके:१४ महिने बालक र १११ वर्षीय बृद्धले जिते कोरोना

रुपन्देही,
ताण्डव न्यूज ।

लुम्बनी प्रदेशको बाँकेमा कोरोना संक्रमण जित्नेहरु पनि विस्तारै बढ्न थालेका छन् । त्यहाँ १४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेत कोरोना जित्न सफल भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए । संक्रमणको हटस्पट नै बनेको बाँकेमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्न थालेको उनले बताए ।

पछिल्लो एक सातामा विभिन्न कोभिड आइसोलेसन र होम आइसोलेसनमा रहेका एक हजार ३३५ जनाले कोरोना संक्रमणमुक्त भएको अहिले संक्रमणमुक्त हुनेहरु धेरै होम आइसोलेसनमा बसेका हुन् ।

Batas

बाँकेमा वैशाख १२ गते १२, १३ गते १२५, १४ गते १०६, १५ गते ८८, १६ गते २४४, १७ गते २०५, १८ गते २५०, १९ गते ३०५ संक्रमित कोरोना जितेर घर फर्किएको ओलीले जानकारी दिएका छन् ।

पहिलो चरणको कोरोना महामारीभन्दा यो पटकको महामारीमा गम्भीर प्रकृतिका बिरामी बढी देखिनु र मृत्युदर बढी हुँदा त्रास बढेको र अस्पतालमा थेग्नै नसक्ने गरी गम्भीर बढेको भेरी अस्पतालका मेसु डा.प्रकाश थापाले बताए । यद्यपी बाँकेमा कोरोना जित्नेको तुलनामा संक्रमिण दर बढी देखिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.