www.tandavnews.com
Fact ~ In search of truth

सीमा नाकामा जाँच छैन, भारत आवातजावत निर्बाध,संक्रमण थप बढ्ने जोखिम

महोत्तरी ।

महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना संक्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाधरूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ ।

अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा राख्नुपर्ने व्यवस्था रहे पनि कोही कसैलाई कुनै पनि जाँचसम्म नगरेको देखिएको छ ।

Batas

जिल्लाको भिट्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरुवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारततर्फ गइरहँदा पनि कुनै जाँच तथा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन ।

महोत्तरीमा करीब ४५ किलोमिटर भारतसँगको खुला सिमाना रहेको छ । जिल्लामा तीनवटा भन्सार नाका र आठवटा खुला गरी ११ वटा आउजाउ गर्ने बाटाहरु रहेका छन् । यद्यपि कुनै पनि स्थानबाट नेपाल भारत आउजाउ गर्ने कसैलाई पनि कुनै स्वास्थ्य मापदण्डको पालना गराइएको छैन । यसले महोत्तरीमा कोभिड–१९ महामारीको संक्रमण थप बढाउने जोखिम देखिएको छ ।
–––

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.