www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘ट्याक्सी पोखरा’ एप सञ्चालन

hima aus

पोखरा ।

पोखरामा पहिलो पटक ट्याक्सी ‘ट्याक्सी पोखरा’ संचालनमा आएको छ । उपत्यकाका नगरबासीको सुबिधालाई ध्यानमा राख्दैँ शुतन्त्र इञ्जिनियरिङ मोक्ष्य प्रा.लिले ट्याक्सी एप बनाएको हो ।

प्रविधिको विकाससंगै आएका थुप्रै सुबिधाहरु मध्य यो अर्को कोसेढुंगा हुने एप विकास गरेको कम्पनिले जनाएको छ। यो एप हाल  android र  ios मा  beta version मा उपलब्ध रहेको कम्पनीका सि. ई. ओं. सुबास गुरुङले बताएका छन् ।

Lama collectio News Middle

‘ट्याक्सी पोखरा’ मा पहिलो चरणमा पोखरा उपत्यकाका ५० वटा ट्याक्सीहरु आबद्द गरिएका छन्, जुन क्रमिक रुपमा बढ्दै जाने कम्पनिले जनाएको छ।

एपमा प्रयोगकर्ताहरुले ट्याक्सीमा जडित जि. पि. एस. मार्फत आफु नजिक रहेको ट्याक्सी हेर्न र तिनको बारेमा जानकारी पाउने छन्।

पोखरा भित्र मात्र नभई यसले नजिकैका शहर आउने जाने र पर्यटकका लागि दैनिक  site–seeing  को सुबिधा पनि रहनेछ। यसका सुबिधाबारे  ‘ट्याक्सी पोखरा’ एप वा  http://taxipokhara.comबाट बृस्तित जानकारी लिन सकिनेछ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...