www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःगण्डकीमा फेरि दुई संक्रमितको मृत्युः मृत्यु हुनेमा पोखरा र पर्वतका संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

पोखरा २९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका वडा नं ४ का ८४ वर्षीय बृद्धको संक्रमण भएकै अवस्थामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

Batas

बैसाख १८ गते संक्रमण पुष्टि भएका पोखराका पुरुषको मणिपाल अस्पतालमा र १९ गते संक्रमण पुष्टि भएका कुश्माका बृद्धको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो संगै गण्डकी प्रदेशमा हुनेको संख्या २३५ पुगेको छ । यसअघि आजै म्याग्दीका एक पुरुषको उपचारको क्रममा चरक अस्पतालमा मृत्यु भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.