www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना संक्रमितको संख्या दुई करोड बढी

दुई लाख २२ हजार ४०८ को मृत्यु

भारत ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै कुल संख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना संक्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Batas

भारतमा कुल संक्रमितको संख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको संक्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शै्यया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.