www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा लम्बियो निषेधाज्ञा, अनावश्यक घरबाट निस्कनेलाई ‘होल्डिङ सेन्टर’मा राखी जरिवाना तिराइने

काठमाडौं,
ताण्डव न्यूज ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्याउने निर्णय भएको छ ।

कोरोना महामारीलाई मध्यनजर गरी आज बसेको तिनवटै जिल्लाका सीडीओहरूको संयुक्त बैठकले उक्त निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

Batas

उनका अनुसार अबदेखि बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने छ । बेलुका भने पसल खोल्न पाईने छैन । बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरि सञ्चालन अनुमति दिने निर्णय पनि भएको छ ।

शाखामा २५ प्रतिशत कर्मचारी र काठमाडौंमा २० प्रतिशत जनशक्तिलाई उपस्थित भएर काम गर्न अनुमति दिने निर्णय प्रशासनले गरकोे छ । साथै बैंक तथा वित्तिय संस्थाले सीमित सवारी साधन चलाउन पाउनेछन् ।

प्रशासनले यसअघि जारी भएका सबै प्रकारका पास खारेज गर्ने निर्णय पनि गरेको छ ।निषेधाज्ञा उल्लंघन गर्दै फुटपाथ, साइकल र ठेलागाडा संचालन गर्नेलाई पनि कारवाही गर्ने निर्णय प्रशासनहरुले गरेका छन् ।

अत्यावश्यक कामबिना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने निर्णय भएको छ ।
कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेलाई अनुगमन गरेर कडा कारबाही गर्ने निर्णय प्रशासनले गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.