www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१ : भण्डारीले गरे ५० हजार सहयोग

पोखरा
ताण्डव न्यूज ।

कोभिड १९ सहयोग उपसमिति, पोखरा २१लाइ विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

साउदी अरबस्थित अल्मराई कम्पनीमा कार्यरत पोखरा २१ बाझीँपोखरीका पदम भण्डारीले समितिलाई रु ५० हजार रुपैया आर्थिक सहयोग पठाएको उपसमतिका संयोजक अर्जुन गिरीले जानकारी दिए । टेलिफोनमार्फत कुरा गर्दै भण्डारीले आफू भौतिक रुपमा सहयोगका लागि उपस्थित हुन नसकेपनि आफ्नो ठाउँबाट आर्थिक सहयोग गर्न पाउँदा खुसी लागेको बताए । भण्डारीले परिस्थितीवस नेपाल बाहिर रहेपनि आफ्नो ठाउँको लागि केही गर्नुपर्छ भन्दै महामारीका बेला परिवारको तर्फबाट रकम सहयोग गरेका हुन् ।

Batas

रकम प्राप्त गरेपछि संयोजक गिरीले भण्डारी परिवारप्रति आभार प्रकट गरे ।“ यस्तै सहयोगी हात र सहयोगी मनको आवस्यकता छ,” उनले भने, “देश विदेशमा रहेका सबैले यसरीनै सहयोग गरेर महामारीमा भैपरी आउने विपदको सामना गर्न हामी तयार हुनेछौँ ।” यसैगरी सहयोग आउने क्रम जारी रहेको गिरीले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.