www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः आज थपिए ४२९ कोरोना संक्रमित, कास्कीका मात्रै ३१० जना

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४२९ जना संक्रमित थपिएका छन् ।

९०३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।
थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै कास्की जिल्लाका रहेका छन् । आज कास्कीमा मात्रै ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

Batas

संक्रमित हुनेमा बागलुङका ३३, लमजुङका १, स्याङ्जाका ५, तनहुँका १६,नवलपरासीका ५१,लमजुङका ७,मुस्ताङका ४,पर्वतका १ र म्याग्दीका १ जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या १९ हजार ८ सय ५३ पुगेको छ ।

हाल प्रदेशमा २ हजार ५ सय ४६ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ३ सय ५४ जना होम आइसोलेसनमा रहेका छन् ।
गण्डकीमा आज ६३ जना निको भएर डिस्चार्ज भएका छन् ।

आज प्रदेशमा कास्की,पर्वत र म्याग्दीका गरि ३ संक्रमिते ज्यान गुमाए । हालसम्म गण्डकी प्रदेशमा २३५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेशमा हालसम्म १ लाख ४७ हजार ३ सय २० जनाको कोरोना परीक्षण भएको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.