www.tandavnews.com
Fact ~ In search of truth

बैतडीमा जीप दुर्घटनाः चार जनाको मृत्यु

बैतडी,
ताण्डव न्यूज ।

बैतडीमा आज भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन ।

पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेस्रमा से १ ज १८३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिशरण भट्टले जानकारी दिए ।

Batas

सोमवार (हिजो) चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए।

जीप दुर्घटनामा ज्यान गुमाउनेहरूमा वडा नम्बर ६ कै जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिक्मत भण्डारी र दीपक भण्डारी रहेका प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.