www.tandavnews.com
Fact ~ In search of truth

देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना

काठमाण्डौँ
ताण्डव न्यूज ।

आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

Batas

गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नम्बर २ का एक÷दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । मौसमविद् बासीले सीआईएनसँग कुरा गर्दै काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुनसक्ने बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.