www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी र मणिपालमा उपचाररत दुई संक्रमितको गयो ज्यान

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा उपचारको क्रममा दुई कोरोना संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जाका र पर्वतका गरि दुई संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक जना स्याङ्जा गल्याङ नगरपालिका ११ का ५० वर्षीय पुरुष रहेका छन् ।

Batas

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो राती ९ बजेर ५० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा निमोनियाको समस्या रहेको थियो ।

यस्तै ज्यान गुमाउनेमा अर्का पर्वत जलजला गाउँपालिका ७ का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । उनको हिजो साँझ सवा ८ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या २३७ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.