www.tandavnews.com
Fact ~ In search of truth

कलाकार लामिछाने र निर्देशक दीपक कोरोनाबाट संक्रमित

काठमाडौं,
ताण्डव न्यूज ।

कलाकार सरिता लामिछाने र दीपक आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सामाजिक संजालमार्फत जानकारी दिँदै लामिछानेले आफू संक्रमित भएको जनाएकी हुन् । उनले, कोरोना रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडादायी रहेको उल्लेख गरेकी छिन् ।

Batas

त्यस्तै, पछिल्लो समय निकै चर्चामा रहेको सक्कीगोनी हास्य टेलिश्रृंखलाका कलाकार तथा निर्देशक दीपक प्रसाद आचार्यले पनि आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जनाएका छन् । उनले पनि सामाजिक संजाल फेसबुकमार्फत आफूमा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

उनको स्टाटसमा लेखिएको छ –‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगतै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ । म होम आइसोलेसनमा छु र श्रीमतीको उच्च रेखदेखमा छु । मनोबल उच्च छ, आशा छ चाडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’ उनले कोरोना सोचे जस्तो सामान्य नभएको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्

नेपाली कलाकारिता क्षेत्रमा पनि कोरोना संक्रमित हुनेहरु थपिँदै गएका छन् । यतिबेला गायक प्रकाश सपुत पनि संक्रमित भएर होम आईसोलेशनमा रहेका छन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमण जित्न सफल भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.