www.tandavnews.com
Fact ~ In search of truth

दिनदिनै बढ्दै संक्रमित,आज ८ हजार ६ सय ५९ जनामा संक्रमण, ५८ को मृत्यु

काठमाडौं,
ताण्डव न्यूज ।

नेपालमा कोरोना संक्रमणको दर उकालो लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाण्डौ उपत्यकामा मात्रै तीन हजार आठ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएकै अवस्थामा थप ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको जनाईएको छ । यस्तै आईसीयूमा रहेका ६ सय सङ्क्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.