www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार नाघ्यो

आज कास्कीका २९२ सहित ५७४ संक्रमित थपिए

पोखरा,
ताण्डव न्यूज ।

गण्डकीमा आज एकै ५७४ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार १ हजार २ स ९० जनामा परीक्षण गर्दा गण्डकी प्रदेशमा आज एकै पटक यति धेरै संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित मध्ये आज पनि कास्की जिल्लाका धेरै व्यक्ति रहेका छन् । कास्कीका मात्रै २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै संक्रमित हुनेमा स्याङ्जाका २७, तनहुँका ४४,म्याग्दीका २९,गोरखाका ३८,नवलपरासीका ५२, बागलुङका ५३, पर्वतका ८, मनाङका ७, लमजुङ २ जना रहेका छन् ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय २७ पुगेको छ ।

आज गण्डकीमा ८७ जना संक्रमित निको भएका छन् । भने २ जनाले ज्यान गुमाएका छन् । आज ज्यान गुमाएका २ सहित प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३७ पुगेको छ ।

गण्डकीमा हाल ३हजार ३१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ८ सय ४ जना होम आइसोलेसनमा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.