www.tandavnews.com
Fact ~ In search of truth

बादललाई राष्ट्रिय सभाको उम्मेद्वार बनाउने विषयमा एमालेले पुर्नविचार गर्ने

काठमाडौं,
ताण्डव न्यूज ।

माओबादी परित्याग गरेर एमालेमा रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने बारे एमालेले पुर्नविचार गर्ने भएको छ ।

आगामी जेठ ६ गते हुने भनिएको उक्त निर्वाचनका लागि थापालाई उम्मेदवार बनाउनुअघि मतको विश्लेषण गरेर उपयुक्त भएमा मात्र उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Batas

राष्ट्रियसभा उपनिर्वाचनमा वागमतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने चर्चा चलेको थियो । आज बसेको स्थायी कमिटी बैठकमा त्यसबारेमा छलफल भएको र उम्मेदवारको निर्णय एक दुई दिनभित्रै हुने महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

बैठकमा वागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहे पनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेकाले त्यसबाट काटिने भोटको बारेमा विश्लेषण भएको बताइएको छ ।

माधव नेपाल पक्षमा लाग्ने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको संख्या समेत हेरेर थप निर्णय गरिने बताइएको छ । यदि अलग उम्मेदवार खडा गरेर ती उम्मेवारको पक्षमा लागेको खण्डमा कतिपय प्रदेशसभा सदस्यको पद रिक्त गर्नुपर्नेसम्मको बहस एमालेभित्र चलेको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको उम्मेदवारको जीत सुनिश्चित हुने गरि जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.