www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखरा महानगरका ३ सहित ४ संक्रमितले गुमाए ज्यान

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरका थप ३ जना संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखराका ३ र म्याग्दीका १ गरि गण्ठकी प्रदेशमा थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।

Batas

ज्यान गुमाउनेमा एक जना पोखरा महानगरपालिका ३ का ८७ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । उनको चरक अस्पतालमा उपचारको हिजो मृत्यु भएको हो । उनमा अस्ति अर्थात बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै ज्यान गुमाउनेमा पोखरा २९ का ४१ वर्षीय संक्रमित पुरुष रहेका छन् । उनको आज बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनमा हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै मणिपालमै पोखरा १७ का ७३ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएका उनको हिजो साँझ मृत्यु भएको हो ।

यसैबीच म्याग्दीका एक संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय कारोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २४१ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.