www.tandavnews.com
Fact ~ In search of truth

आज पनि नयाँ रेकर्ड : ९०७० संक्रमित, ५४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज ९०७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २११४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २७०७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ९२ हजार ४ सय ९० जना छन् । नेपालमा निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ ।

Batas

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५२९ रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.