www.tandavnews.com
Fact ~ In search of truth

जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग

काठमाडौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ ।

नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन्। संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गरेका हुन् ।

Batas

नगरपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन् । नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन् । छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितका लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बताए । आज नगरप्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरे ।

कोरोना महामारीको विकराल रूप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताए । संक्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपु¥याउँदा समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको उनीहरुको भनाइ छ ।

नगरप्रमुखले प्रयोग गर्ने लु१झ ३६० र उपप्रमुखले प्रयोग गर्ने लु१झ ३२६ नंको स्कारपियो आजैदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन् । यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु१झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुनेछ । यी सवारीसाधनलाई समेत २४सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारी साधन स्वास्थ्य शाखामार्फत परिचालित हुनेछन् । यी सवारी साधनले मुलतः नगरपालिकाभित्रका कोरोना संक्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पु¥याउनेछन् ।

नगरपालिकाले शंकरनगरमा ४० श्यया क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिने गरी आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । यस्तै वडा नं ९ मा रहेको सभाहलमा थप ६० श्ययाको आइसोलेशन बनाउने गरी काम अघि बढाइएको छ ।

यस्तै नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकाको शंकररनगरमा हरेक दिन एन्टिजेन परीक्षण गर्दै आएको छ । आइसोलेशनमा एक चिकित्सकसहित नर्सलगायतका स्वास्थ्यकर्मी रहेका छन् ।

नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ नर्सलाई समेत कोरोना संक्रमितको उपचारमा खटाएको छ । नगरपालिकामा यही वैशाख १५ गते यता कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय सङ्क्रमितको संख्या झण्डै एक हजार ३०० पुगेको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.