www.tandavnews.com
Fact ~ In search of truth

समावेशी आयोगका सदस्य जोशीको निधन, प्रधानमन्त्री ओलीद्वारा दुख व्यक्त

काठमाडौं,
ताण्डव न्यूज ।

समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको निधन भएको छ ।

जोशीको कोरोना संक्रमणका कारण आज विहान उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको जोशीका ज्वाईं सन्तोष न्यौपानेले बताए ।

Batas

उनका अनुसार अस्पतालले आज बिहान ११ः५२ मा निधन भएको घोषणा गरेको हो । ६० वर्षीय जोशी गत माघमा राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त भएका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जोशीको निधनप्रति दुख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा ओलीले जोशीप्रति श्रद्धाञ्जली अपर्ण गरेका छन् । माननीय श्री रामचन्द्र जोशीको असामयिक निधनको खबरबाट दुखित छु । उहाँप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दैै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।

कैलालीवासी जोशी नेकपा–एमाले पार्टीमा सक्रिय थिए । उनले मदन भण्डारी फाउण्डेसन लगायतका बिभिन्न संघसंस्थामा रहेर काम गरेका थिए । स्वर्गीय जोशीका श्रीमती, २ छोरा, १ छोरी लगायत अन्य सदस्यहरु रहेका छन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.