www.tandavnews.com
Fact ~ In search of truth

ढोरपाटन: ९ नाउर र ४ झारलको शिकार

hima aus

बागलुङ ।

चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ ।

विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका शिकारीले नौ नाउर र पाँच झारल शिकारको अनुमती पाएका थिए । तीमध्ये १ झारलको शिकार हुन नसकेको हो ।

दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो ।

पहिलो शिकार याम असोज–कात्तिकमा नौ नाउर र पाँच झारलको शिकार अनुमती दिइएको भएपनि कोभिड–१९ महामारीका कारण शिकार हुन सकेको थिएन् । पहिलो याममा एक झारल र एक नाउरको शिकार भएकोमा चालु वर्षको दोस्रो याममा भने लक्ष्यको नजिक शिकार भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

classic tech

आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको छ । शिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आउटफिटर्स प्रालि, ग्लोबल सफारिज प्रालि र हिमालयन सफारिज काठमाण्डौमार्फत शिकारी ढोरपाटन पुगेका थिए ।

बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताए । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुचाउने गरेको उनको भनाइ छ । विदेशी शिकारीसहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ ।

दोस्रो याममा अमेरिका, रुस, फ्रान्स, युक्रेन र स्पेनका पेशेवर शिकारीले शिकार गरेका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ ।

शिकारको दर बढ्दा वार्षिक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । विभागले २०७७ चैत १० गते शिकार अनुज्ञापत्र प्रदान गरेको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...