www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः प्रदेशभर आज थपिए ४३३ संक्रमित, कास्कीका मात्रै २२१ जना

आज (बिहीबार) ४ संक्रमितले गुमाए ज्यान

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ४३३ जना कोरोना संक्रमित थपिएका छन् ।

९४७ जनाको परीक्षण गर्दा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
थपिएका संक्रमितमा आज पनि कास्की जिल्लाकै धेरै रहेका छन् । कास्कीमा मात्रै आज २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अन्य जिल्लाहरु पर्वतका ८,बागलुङ ५८,तनहुँका २९,म्याग्दीका ३२, गोरखाका ३,लमजुङका २७,मुस्ताङका १४ र नवलपरासी पूर्वका ४१ जनामा संक्रमण देखिएको छ ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या २० हजार ८ सय ६० पुगेको छ ।

आज कोरोना संक्रमणबाट निको हुनेको संख्या बढेको छ । आज १४३ जना संक्रमित निको भएर घर फर्केका छन् । यो सँगै निको हुनेको संख्या १७ हजार ३०२ पुगेको छ । भने आज पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका ४ संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा आज पोखरा महानगरका ३ संक्रमित छन् भने पर्वतका एक संक्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हाल सम्म ज्यान गुमाउनेको संख्या २४१ पुगेको छ ।

प्रदेशमा हाल ३ हजार ३ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ८ सय ४ जना होम आइसोलेसनमा रहेका छन् ।गण्डकी प्रदेशमा हाल सम्म १ लाख ४९ हजार ५ सय ५७ जनाको परीक्षण भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.