www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द

काठमाण्डौँ
ताण्डव न्यूज ।

कोरोना भाइरसको नयाँ भेरियन्ट फैलँदा महामारीको रुप लिइरहेका बेला सरकारी निर्णयअनुसार आजदेखि देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको छ ।

आन्तरिक उडानहरु बैशाख २० गतेदेखि नै बन्द भइसकेको छ । अन्तर्राष्ट्रिय उडानमा चार दिनको समयसीमा राखिएको कारण यो बीचमा विमानस्थल निकै व्यस्त हुन पुग्यो ।  गएको दुई दिनमात्र विमानस्थलबाट एक सय ७ वटा उडान भएका छन् ।

Batas

बैशाख १९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.